कबि युयुत्सु आरडी शर्मासंग बार्तालाप
अमेरिका अहिले साहित्यमय भएको छ, आगामी हप्ताको सम्प्रेषण पनि साहित्य कै सेरोफेरोमा हुनेछ, यसपाली न्युयोर्कमा अर्को सौभाग्य मिल्यो लेखक तथा कबि युयुत्सु आरडी शर्मासंग बार्तालाप गर्नेI "सम्प्रेषणमा कविता" को निर्माण पछि आभार र धन्यबादको ओईरो लागेको छ, हामी फुरुंग भएका छौं तर न्युयोर्क बाहेकका अन्य सहर र राज्यमा रहनु भएका सर्जकहरुलाई समेट्न नसकेकोमा चाँही अप्ठेरो महसूस भएको छI
साप्ताहिक कार्यक्रम सम्प्रेषण प्रत्येक आईतबार राती नौ बजे (अमेरिकी पूर्वीय समय) ह्वाईट हिमाल टेलिभिजनमा प्रशारण हुन्छ र यो कार्यक्रम whitehimal.tv मा संसार भरिबाट हेर्न सकिन्छ
