आप्रवासी मैत्री बन्यो न्यू योर्क शहर!

न्यू योर्क शहरलाई अमेरिका भरिकै सबभन्दा उदार र प्रगतिशील शहर भनेर जानिन्छ, यो हप्ता सिटी काउन्सिलले पास गरेको दुई वटा बिधेयकले त्यो भनाईलाई पुष्टि गरेकोछl यहि बुधबार पास भएको एउटा बिधेयकले ४.९ मिलियन डलर बराबरको कानुनी सहायता कोष निर्माण गर्ने प्रस्ताब गरेको छ जुन रकम कागजपत्रबिहिन आप्रवाशीहरुलाई न्याय दिलाउनका लागि खर्च गरिने छ, बिशेष गरेर अध्यागमन मुद्धामा डिपोर्टेशन (देश निकाला) मा परेकाहरुलाई बचाउने ध्ययले कानुनी सहायता उपलब्ध गराउन उक्त रकम खर्च गरिनेछl डिपोर्टेशनमा परेकाहरुले कानुनबिदहरु राख्न नसकेको कारणले अधिकांश मुद्धाहरु हार्ने गरेको तथ्य बाहिर आएपछि उनीहरुलाई मानवीय न्याय दिने उद्धेश्यले यो बिधेयक ल्याईएको दावी बीलका समर्थक काउन्सिल मेम्बरहरु र अधिकारकर्मीहरुले गरेका छन्।

त्यसै गरि कागजपत्रबिहिन आप्रवासीहरुलाई म्युनिसिपल (सिटी) आईडी कार्ड दिने प्रस्ताब गरिएको अर्को बील न्यू योर्क सिटी काउन्सिलले आज बिहिबार ४३-३ को प्रचण्ड बहुमतले पारित गरेको छl आईडी कार्डको वितरण यहि बर्षको अन्त्यबाट सुरु हुनेछ भने न्यू योर्क सहरको पाँचै बोरोका बासिन्दाहरुले आफ्नो जन्म प्रमाणपत्र, आफ्नो मुलुकको राहदानी र आफ्नो ठेगाना खुल्ने कुनै यूटीलिटि बील पेस गरेपछि उक्त आईडी पाउनेछन्।

यस्तो प्रारुपको आईडी पाउनेमा न्यू योर्क अमेरिकाको चौथो सहरमा पर्दछ, यो भन्दा पहिल्यै न्यु हेभेन कनेक्टिकट, सान फ़्रेन्सिस्को र लस एन्जेलसले यस्तो कार्डको प्रचलन ल्याईसकेको छl

बिधेयकका प्रस्ताबक काउन्सिलम्यान डानियल ड्रोम र कार्लोस मेन्चाका अनि प्रगतिशील स्पिकार मलिसा मार्क भिभिरित्तो र मेयर बिल द ब्लाजिओ प्रति हामी आभार व्यक्त गर्दछौंl

#newyork #immigration #bill

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.