मेरो जीवनको पहिलो अन्तरदेशीय यात्रा जर्मनीको थियो जति बेला हामी नेपालीलाई प्रबेशाज्ञासमेत चाहिंदैन थ
मलाई कुनै पनि खेलमा बहुलट्ठीपूर्ण आशक्ति कहिले भएन जहाँ हामी कुनै देशको विजयमा उन्मादी उत्सब मनाउछौं, समर्थनमा महँगो जुलुस निकाल्छौं, सब काम छाडेर बेतुकको पक्षपोषण गर्दछौं र हारमा आत्महत्याको कायर बाटो समेत रोज्ने गर्दछौंl

Image courtesy: eultimategoal.com
हामी निरन्तर दास मनोवृत्तिमा रमाईरहेका छौंl तर कहीं कतै कुनै दिन हामीले पनि बिश्व कपमा एक दिन भाग लिनेछौं र जित्ने छौं भनेर देख्न मिल्ने एउटा स्वाधीन र महत्वाकांक्षी सपनासम्म देख्दैनौंl कति पराधीन छौं हामी?

Image courtesy: bushwickdaily.com
अहिले यो क्षण म पनि संयोगले अर्जेन्टिना र जर्मनी बीच भईरहेको फाईनलको अन्तिम सत्र हेरिरहेको छु, म मनबाटै बिना बहुलट्ठीपूर्ण आशक्ति जर्मनीको पक्षमा कोल्टीएको छु, मेरो जीवनको पहिलो अन्तरदेशीय यात्रा जर्मनीको थियो जति बेला हामी नेपालीलाई प्रबेशाज्ञासमेत चाहिंदैन थियोl जर्मनीले जिते खुशी हुनेछु हारे यो खेल हो, तेसैले हारजित हुन्छ भनेर बुझ्ने छुl अर्जेन्टिनाका थुप्रै समर्थक मित्रहरुलाई दुख्ने गरि लेख्ने या बोल्ने छैनl बेतुकमा अरुको जीतमा रमाएर उन्मादी नबनौंl यो सिर्फ "खेल" हो खेललाई "युद्ध" मा रुपान्तरण गरेर पिडा र दुर्भावनाको खेती नगरौंl
सधै अरुका लागि लड्यौं, बोल्यौं, पक्षपोषण गर्यौं र आत्महत्याको कायर बाटो समेत रोज्यौं नेपाली जाति, अब हामी पनि देख्न मिल्ने जति सपना देख्ने साहससम्म गरौँ!