आ-मरिखा यानेकि अमेरिका !
आर्थिक र सामाजिक अन्यायको मारमा निरन्तर पिल्सिएको छ मध्यम र कामदारवर्ग आ-मरिखामा। मध्यम वर्गीय समाजको उत्थान गर्ने सपना बाँडेर सन् २०१६ मा अमेरिकाको राष्ट्रपति बन्ने दौडाहामा निक्लिएकि डेमोक्रेटिक पार्टीकि लोकप्रिय नेत्री हिलारी रोधाम क्लिन्टन अहिले चर्चाको शिखरमा छन, न्युयोर्क बफेलोको एउटा पब्लिक बिश्व बिद्यालयले उनलाई एउटा स्पीच दिए बापत दुई सय पचहत्तर हजार डलर दिए पछि यो चर्चा अझ चुलिएको हो।

United States of America. Map courtesy: carriepink.com
हिलारी क्लिन्टन एउटा स्पीच बापत यति ठुलो राशी प्राप्त गर्छन भने आम अमेरिकी बिद्यार्थी चर्को ब्याज दर र खर्चालु शिक्षा पद्धतिबाट आक्रान्त छन्, सन् २०२० मा डेमोक्रेटिक पार्टीबाटै राष्ट्रपति पदकै उम्मेदवारीको आकांक्षा राख्ने अर्का उदार र प्रगतिशील सिनेटर एलिजाबेथ वारेन वाल स्ट्रिट घोटाला, बैंक र वित्तीय संस्थानहरुको चर्को ब्याजदरको बिरुद्धमा निरन्तर सडक र सदनमा लडिरहेकी छिन्। वर्तमान राष्ट्रपति बराक ओबामाले आफुले कलेज पढ्दा लिएको सावाँ ब्याज आफु इलिनोईस राज्यबाट सिनेटर भएपछि मात्र चुक्ता गरेको कुरा निरन्तर क्याम्पेनहरुमा बताएका छन्।
यिनै अमेरिकी राजनीति र समाजका बिभिन्न बिषय र परिवेशहरुमा थप नयाँ लेखहरु सहित म निरन्तर सम्प्रेषित भईरहने छु अर्को हप्ता देखि आफ्नै सानो वेबसाईट सम्प्रेषणयुएसए डट कममा प्रतीक्षासंगै सुझाबहरु पनि सम्प्रेषण गर्नु होला ।