सुशिल'दाले भन्नु भो "मैले रोगलाई जितें"

मातृभूमि नेपाल अहिले अनिर्णयको बन्दि बनेको छ, थलिएको छ अनि ठप्प अडेको छl देश र आफ्नो पार्टी हाक्ने जनमत पाएका दुई शिर्ष नेताद्वय सुशील कोइराला र केपी वली चुनाब जिते पनि रोग अझ भनौं मृत्युसंग निरन्तर लडीरहनु भएको छl यो क्षण म दुवै जना आदरणीय नेताज्युहरुको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछुl सम्माननीय प्रधान मन्त्रीज्युको पुर्ण स्वास्थ्य लाभ भए पछी मात्र टेलिभिजन कार्यक्रम सम्प्रेषणको लागि अन्तरंग वार्ता गरौंला भनि पर्खिएको पनि महिना दिन बितेछ, यहि आउँदो मंगलबार स्वदेश फर्कने खबर आएपछि आजै हामीले हाम्रा सम्माननीय प्रधानमन्त्री सुशील कोइरालासंग छोटै भएपनि वार्तालाप गर्ने र स्वास्थ्य स्थितिको जानकारी पनि लिने हैसियतले भेटघाट गर्यौंl

सुशीलदा अब तंग्रिनु भएछ, पुरापुर सन्चो देखिनु हुन्थ्योl वार्ताको आरम्भमै रोगको फेहरिस्त बताउनु भो अनि भन्नु भो "मैले रोगलाई जितेंl" वार्ता भरि उहाँको मुहारमा अजिबको चमक र अदम्य साहस देखें मैले, उहाँ भनि रहनु भएको थियो "अब देशले मुहार फेर्छ, संबिधान निर्माणको प्राय सबै बुदाहरुमा सहमती भईसकेको छ र त्यसो हुनबाट अब हामीलाई कसैले रोक्न सक्दैनl"

यो वार्तालाप पुर्ण आयतन र ढाँचाको सम्प्रेषणको लागि थिएन किनकी स्वास्थ्यले साथ नदिएको यो बिरामी अवस्थामा लामो समय दु;ख दिन जायज हुँदैन भन्ने कुरामा हामी पुर्ण सहमत र सचेत थियौं र छौंl सम्प्रेषणको अर्को सामुदायिक सेरिज "समुदायसंग सम्प्रेषण" न्यु ह्याम्प्सायर भागको लागि सहभागी व्यक्तित्व नेपाली अमेरिकन डेमोक्रेटिक फोरमका संयोजक उमेश कोइरालाको साथ र सहयोगमा यो छोटो वार्तालाप सम्पन्न भएको थियो भने नेपाली समुदायकै अर्का व्यक्तित्व प्राध्यापक डा. गोबिन्द कोइरालाज्युले पनि वार्तालापमा सहभागी बनेर हामीलाई सहयोग गर्नु भएको थियोl

स्वास्थ्यको कारणले ५/७ मिनेट मात्र कुराकानी गर्ने भनिए पनि यो सामुहिक बहस/वार्तालाप करिब १५ मिनेटसम्म चलेको थियोl यसबाट पनि हामीले अनुमान लगायौं अब हाम्रा प्रधानमन्त्री ठिक र स्वस्थ हुनुभएछ अब आशा गरौँ अब हाम्रो मातृभूमि नेपाल पनि ठिक अनि स्वस्थ हुनेछl

#suhsilkoirala

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.