एउटा अनौठो संयोग: सम्प्रेषण युएसए डट् कमको सुभारम्भ र बिपी स्‍मृति दिवस

आज एउटा सुयोग अनि संयोग परेछ: समाजवादी नेता तथा साहित्यकार बी पी कोइरालाको स्मृति दिवस! हुन त नेपाली कांग्रेस र उनका अनुयायीहरुले अरु थुप्रै उपमा र विशेषण जोडेर उनको स्तुति गर्छन त्यो राजनीति गर्नेहरुका लागि नितान्त जायज पनि छ तर उनि प्रति मेरो मनमा फरक खाले सम्मान छ त्यो हो उनको समसामयिक समाजवादी चिन्तनl

Source: govindaswritings.blogspot.com

भोजपुरबाट काठमाडौँ आएको सायद दोश्रो बर्ष तिर होला बीपी कोइरालाको असामयिक निधन भयो, त्यस ताका बिचारले म नितान्त अर्को ध्रुबमा थिए, मेरो स्कुलिङ्गले बीपी र उनको पार्टीलाई गाली गर्न सिकाउथ्यो भारतीय दलाल हुन भनेर उनको पुस्तकसम्म नपढ्ने उर्दी जारी गर्दथ्यो तर नजानिदो गरि उनि र उनको समाजवादी चिन्तन प्रति मेरो आशक्ति थियोl कुन अरु नेताले भनेका छन कि प्रत्येक किसानको घरमा एउटा दुध दिने गाई हुनुपर्छ भनेर अनि सिंह दरबारमा टाँसिएको राजाको फोटोको ठाँउमा एउटा हलो जोतिरहेको किसानको फोटो टाँस्नु पर्छ भनेर खास अर्थमा बीपी पो क्रान्तिकारी होइनन र? मेरो तन्नेरी मन र विचारमा भंगालो फाट्थ्यो तर हाम्रो राजनैतिक पाठशाला बीपीको पुस्तक र विचार पढेर होईन जबरजस्त ल्यु शून, म्याक्सिम गोर्की र खलिल जिब्रानहरु पढेर मात्र क्रान्तिकारी भईन्छ भनेर हामी माथि विचार थोपर्थ्योl त्यस्तो स्कुलिङ्ग पढेर पनि ममा बीपी र उनको समाजबादी चिन्तन र विचार प्रति आशक्ति निरन्तर बढ्दो थियो सायद त्यसैले होला जिउँदो बीपीलाई भेट्न नपाएपनि मैले त्यो सिफलको जनलहर र महासागरलाई छिचोलेर उनि प्रति अन्तिम श्रद्धा र सम्मानको एक थुंगा फूल चढाउने अहोभाग्य पाएको थिएँl

अहिले नेपाली कांग्रेस पार्टी र तिनका भुरे टाकुरेहरुको चर्को भाषण सुन्छु "बीपीको सपना साकार पर्छौं" के यिनीहरुलाई थाहा छ अब पार्टीमा बीपीको समाजबादी धारको अबशान भईसक्योl कस्तो संयोग अनि सुयोग यहि बिशेष दिन बीपी कोइरालाको स्मृति दिवसको दिन आज म अहिले केहि सहयोगी संचारकर्मी मित्रहरुको पूर्ण सहयोगमा सम्प्रेषणयुएसए डट कमको लोकार्पण गर्दैछु

#bp #koirala #politics #sampreshan

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.