एनआरएन अमेरिकाका सारथीहरु, यो चीर निद्रामा सुत्ने समय होईन !

भनाई छ, सुतेकाहरुलाई उठाउन सकिन्छ तर सुतेको बहाना गर्नेहरुलाई उठाउन सकिंदैनl अहिले अनेक चाल र चौका हानेर एनआरएन अमेरिकाको प्रमुख पद हत्याएकाहरु निदाएको बहाना गर्दैछन्। यिनीहरुलाई हिजो बोलेको आजै बिर्सने रोग लागेको छl

NRN USA newly elected Executive Board Members. Photo: Pratha Magar for USNepalOnline

दशकदेखि यो अमेरिकी प्रवासी समाज देखेको, बुझेको र यहाँका संघ-संगठनहरुलाई आफ्नो बपौती ठान्ने ठुला ठालुहरुलाई नजिकबाट जानेको र नाडी छामेको नाताले मलाई यति भन्न कुनै आईतबार बार्नु पर्दैन, अहिले एनआरएन अमेरिकामा चुनिएका अझ सम्मानित शब्दमा भनौं निर्वाचित भएका अधिकांश पधादिकारीहरुको बिगत "हुकुमी" या "रकमी" शैलीमा संगठन चलाएको इतिहाससंग जोडिएको छl पानी माथिको ओभानो बन्न नेपालकाहरुलाई जति गाली गरेपनि यहाँका अधिकांश संगठनहरुमा अन्तरिक लोकतन्त्र नभएको तथ्य ढिलो चाँडो संचार मार्फत बाहिर आईरहेको छ, त्यसको पछिल्लो घृणित संस्करण रिजउड नेपाली सोसाईटीको कर्तुतको फेहरिस्त हो जो अहिले सडक र गल्लीहरुमा छताछुल्ल पोखिएको छl सत्य निरुपण गरेर समाधान खोज्नुको सट्टा अहिले एक पक्ष पत्रिका लुट्न लगाएर र अरुको भागमा सम्पुर्ण आरोप थोपरेर आफुहरुलाई पवित्र गंगाजल छर्कदैछन भने अर्को पक्ष मौकामा चौका हान्ने र बिपक्षीलाई पुरै सिध्याउने कुनियतले व्यक्तिको मानमर्दनमा लागेका छन्।

NRN USA newly elected Executive Board Members. Photo: Ashok Pant (NepalPhotoNews.com)

असल नेता या प्रशासक तीनै हुन जसले कठिन क्षणमा साहसिक र बुद्धिमत्तापुर्ण निर्णय र नेतृत्व दिन्छl प्रवासी नेपाली समाजका यी प्रतिनिधि संगठन र पात्रहरु हेरे बाँकि आडम्बरी नेपाली समुदाय र तिनका सामन्ती हर्ताकर्ताहरुको मानचित्र तपाईको मानसपटलमा ब्लुरे क्वालिटीका चलचित्रका दृश्यहरु जस्तै गरि सफा र छर्लंग आउँछl अब संचार बलियो र साहसी भईसकेको यो प्रवासी नेपाली समुदायमा यिनीहरुमा कुकृत्य र कुकर्महरु एक पछि अर्को गर्दै शब्द, आवाज र दृश्यहरुमा प्रतिध्वनीत भईरहने छ जुन प्रारम्भ भईसकेको छ, यिनले न अब पत्रिका लुटेर आफ्ना कर्तुत ढाक्न र टाल्न सक्छन न त ज्ञानेन्द्र शाहले जस्तो गरि युग चेतनाका साध्य पत्रपत्रिका, रेडियो र टेलिभिजनमा आफ्ना चम्चाहरुलाई तैनाथ गरेर सत्य, निष्ठा र साहस बोल्ने संचार चेतनालाई थुन्न सक्छनl बिशेष गरि न्युयोर्कका संचारकर्मीहरुले जगाएको बिगतमा निकम्बा साबित भईसकेको एनआरएन अमेरिका अहिले पुनः निदाउने तरखरमा हाई काड्न थालेको आभास हुन थालेको छl अहिलेसम्म करिब ३/४ वटा पूर्णकालिक र पूर्ण बहुमतको बैठक (कन्फरेन्स कल) भईसकेको अपुष्ट र अनौपचारिक बजार हल्ला बाहिर आईसक्दा पनि हामी संचारकर्मीलाई कुनै प्रेस रिलिज या आधिकारिक जानकारी प्राप्त भएको छैनl अध्यक्षले हुकुमी शैलीमा यसो भने रे अनि उपाध्यक्षले कडा प्रतिकार गरे रे, दुई खेमामा मात्र विभाजित होईन तेश्रो धार पनि निस्कियो रे आदि इत्यादी बजार हल्ला बाहेक संगठन बिस्तार र पद्धतिमा ज्यान भर्ने कुनै तात्विक निर्णय अहिलेसम्म सार्वजनिक गरिएको छैनl बरु पुरानैहरुको जस्तो यिनीहरुको पनि भोज भतेर मेलापातमा रुचि बढ्न थालेको छ, यता संगठन विस्तार नगर्ने तर नेपालमा यसो गरें र उसो गरें भनेर प्रचारबाजी गर्ने, पदस्थापन समारोहको नाममा आफ्ना सहयोगी र ऐरे गैरेको शुभकामना मन्तब्य र आशिर्वाद लिने, तंग्रिन नसक्ने शारीरिक दुर्बलता भएको प्रधानमन्त्रीज्युलाई ज्ञापनपत्र सुनाएर अनाबश्यक दु:ख दिने बाहेकका माखो मार्ने काम गरेका छैनन र गर्ने मनसाय रहेको कार्ययोजना अहिलेसम्म संचार मार्फत सार्वजनिक भएका छैननl महासयहरु, तपाईहरु यस्तै नौटंकी मन्चनका लागि चुनिएका या निर्वाचित भएका नाटकका पात्रहरु हुनुहुन्न, काम गरेको जस्तो मात्र गर्ने अभिनय गर्ने अभिनेताको लागि अडिसन थिएन त्यो महँगो निर्वाचन, एनआरएन अमेरिका हाक्न सक्ने सक्कली चरित्र अभिनेताहरु खोजेका र रोजेका थिए हजारौं अमेरिकी प्रवासी नेपालीहरुलेl तपाईहरु माथि हामी संचारकर्मीहरुले पनि ठुलो भरोसा गरेका थियौं र छौं तर त्यसको मतलब हामीले खाली कागजमा हस्ताक्षर गरेर तपाईलाई सुम्पिएको ठान्ने धृष्टता नगर्नुसl सम्झनुस बिगतका केहि महिनाहरु, हामीले संचालन गरेको टेलिभिजन कार्यक्रम सम्प्रेषणमा "भिषण भाषण दिर्घ आशन" को परम्परागत सार र शैलीको थुप्रै पुङ्गमाने चर्का भाषणहरु गर्नु भएको छ, हजारौं डलर सक्नु भएको छ, दाता बनेर बैंक खाता रित्याउनु भएको छ, इस्ट कोस्ट टु वेस्ट कोस्टको महंगा जहाजी उडान भर्नु भएको छ, अब तपाईसंग एक प्रति मात्र घोषणापत्र बाँकी छ भने पढ्नुस या सम्प्रेषणमा बोलेका दृश्यहरु एक पल्ट फेरी हेर्नुहोस त, के के मात्र भन्नु भो, बोल्नु भो अनि लेख्नु भो! के के गरेर चुनाब जित्नु भो बस् खेल खत्तम पैसा हजम! अबिर जात्रा भो खादाले गला भरियो अब बाचा बन्धन बिर्सनु भो, बिधि बिधान बनाउने चिन्ता भएन बरु निरन्तर फरमान र फतवा जारी गरेरै यो लोकतान्त्रिक मुलुकका स्वाधीन मानिसलाई राज गर्ने दुस्वप्नमा रमाउन थाल्नु भोl कोठे, हुक्के, आसेपासे, बैठके र धुपौरेहरुको सल्लाहले अध्यारो कोठामा बसेर निर्णय गर्न थाल्नु भो अनि मुस्किलले ढिलै भएपनि कार्यकारी समितीलाई बोधार्थ दिने कस्ट गर्नु भोl कठै तपाईहरुको हुकुमी नियत र शैली बाह्र बर्ष ढुङ्ग्रोमा हालेर नसोझिएको कुकुरको पुच्छर नै भयो! भनिन्छ खेप गयो जनम गएको छैन तर अहिले अनेक कर्तुत र तिकडम गरेर पनि चुनाब जित्न नसकेका केहि मनुवाहरुलाई अमेरिकी भूमिमा यो एनआरएनको निर्वाचन आकासै खसे जस्तो भएको छ भने अनेक जायज नाजायज चुनावी खेल र झेल खेलेर चुनाब जितेकाहरुलाई यो विधिको जीत हस्तिनापूरको जीत जस्तो निजि अहमको साधन बनेको छl अहिले एनआरएन अमेरिका हामी सबैको सचेत निगरानी र पहरेदारीले लोकतान्त्रिक बिधिको बाटोमा हिड्न बाध्यसम्म मात्र भएको छl कतिलाई यो बाटो रुचिकर लागेको छैन तर अब तिनीहरुलाई चेतनशील प्रवासी नेपालीहरुको भेल र भंगालोले फोहर पाखा लगाए जस्तै गरि सदाकालागि बिस्थापित गरिदिने छन भने संगठनको आकार र आयतनसंगै थप असल मान्छेको स्वभाविक अभ्युदय हुनेछन अनि पद्धति नमान्ने र समयानुसार परिमार्जित हुन नचाहनेहरु आफै किनारा लाग्नेछनl यो सत्यलाई हेर्न अब हामीले टाढा जानै परेन हिजोसम्म एनआरएन अमेरिका मेरो खल्ती या मुट्ठीमा छ भन्नेहरु अहिले कुन दुलोमा छिरेर ओत लागि रहेकाछन यहि छोटो कालखण्डले स्थापित गरेको यो तथ्य बुझिदिए पुग्छl संचार मार्फत चेतनाको जागरण भए पछि प्रवासी नेपालीहरु यो सबैको शिर्ष छाता संगठनमा आफ्नो स्वामित्व लिन तम्तयार छन तर नवानिर्वाचिन एनआरएन अमेरिकाका सारथीहरुले नयाँ सदस्यता लिन चाहनेहरुको लागि सहजकर्ताको सानो भूमिकासम्म पनि निर्वाह गर्न सकिरहेको छैन, अमेरिकाका अन्य राज्यहरुमा च्याप्टर गठन गरि सदस्यता वितरण गर्ने हल्ला फैल्याईएको छ तर न्युयोर्क र लस एल्जलस जस्ता नेपाली जन घनत्व भएका बस्तिहरुमा सानो ठाउं लिएर सदस्यता वितरण गर्ने कार्यारम्भ भने गर्न सकेको छैनl सदस्यता लिने या दिने भनेको चुनाबको समयमा भोट हाल्नको लागि मात्र हो भन्ने आम मानिसको बुझाई छl यो गलत बुझाईलाई चिर्नको लागि पनि बृहदरुपमा सदस्यता वितरण तत्काल सुरु गर्नु पर्दछ, किन ठुलो कुरा गर्ने हामी ग्यारेन्टी दिन्छौं न्युयोर्क शहरको बाक्लो नेपाली आवादी भएको ज्याक्सन हाईट्सको आसपासमा सानो अस्थायी ठाउं लिएर सदस्यता वितरण गर्ने हो भने प्रत्येक दिन सयौंको संख्यामा नयाँ सदस्यहरुले स्वस्फुर्तरुपमा आफ्नो स्वामित्व लिनेछन्। आम प्रवासी नेपालीको त्यो अहम चाहनालाईले हामीले नजिकबाट बुझेका छौंl वर्तमान निर्वाचित नेतृत्व किन यति सानो सिन्का भाच्न पनि तयार छैन? तानाशाही या हुकुमी शासकहरु मात्र कलम, चेतना र संख्यासंग डराउछन, लोकतन्त्र र पद्धती मान्नेहरुले अब डराउनु पर्ने अवस्था छैनl अब आम प्रवासी नेपालीहरु चार हजार सदस्यहरुबाट कुनै दल बिशेषको निगरानी, प्रभाब या प्रपन्चबाट चुनिएको या छानिएको प्रतिनिधि होईन तीसौं हजार स्वतन्त्र, चेतनशील र स्वाधीन प्रवासी नेपालीहरुबाट निर्बाधरुपमा निर्वाचित भएको सच्चा सारथीको नेतृत्व हेर्न चाहन्छनl त्यसको पहिलो र अनिवार्य सर्त र बाटो हो, संगठनमा तपाई हामी सबैको गरिमामय उपस्थिति र स्वाधीन स्वामित्वl यस बखत हामी तपाई एनआरएन अमेरिकाका निर्वाचित पदाधिकारीहरुलाई आदर र सम्मानपुर्वक तपाईले तात्कालिक समयमा गर्नु भएका प्रतिज्ञा र बाचाहरुको स्मरण गराउन चाहन्छौं! तपाईहरुसंग मुस्किलले सम्भावनायुक्त बाँकि नौ महिनाहरु छन, तपाईले देखाउनु भएका सबै सपनाहरु गर्न त के देख्न समेत लायकका थिएनन, हामीलाई थाहा छ यो नौ महिनामा सक्नु हुन्न तर अब हाम्रो प्रश्न छ गर्न सक्ने चाँही किन गर्नु हुन्न? तपाईका घोषणापत्रहरु प्रत्येक सदस्य मतदाताहरुको मानसपटलमा, हाम्रा संचारकर्मी मित्रहरुको पीडिएफ फायलमा र सम्प्रेषणको श्रब्य दृश्य फाँटहरुमा ती तपाईका सपनाका फसलहरु सुरक्षित छन अब पनि कार्यारम्भ गर्नु भएन भने सम्प्रेषणले हजारौंको उपस्थितिमा तपाईहरुलाई फेरी अर्को नैतिक काठघरामा उभ्याउने छl यसो झकाएको जस्तो मात्र देखिनुहुन्थ्यो, निदाएको अभिनय र बहाना गर्नु भो, उठ्नुस अब एनआरएन अमेरिकाका सारथीहरु, यो चीर निद्रामा सुत्ने समय होईन!

#nrna #nrnnccusa #khagendragc #usa #sampreshanusacom #sampreshan #shaileshshrestha #sheshghale #nrnaagggbalconference

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.