सम्प्रेषणको अर्को सामुदायिक यात्रा "समुदायसंग सम्प्रेषण"

सम्प्रेषणको अर्को सामुदायिक यात्रा "समुदायसंग सम्प्रेषण" संचार मार्फत सामुदायिक शशक्तिकरणको लक्ष्य लिएर समुदायसंगै हातेमालो गर्दै बिगत दुई बर्ष देखि निरन्तर अघि बढेको साप्ताहिक टेलिभिजन कार्यक्रम सम्प्रेषणले अर्को सेरिज "समुदायसंग सम्प्रेषण" को आरम्भ गरेको छl अ. ने. सा. स. न्यु ह्याम्पसायर च्याप्टर र अन्य शुभचिन्तक सहकर्मीहरुको आत्मीय निम्तामा न्यु ह्याम्पसायर पुगेर त्यहाँका प्रवासी नेपालीहरुका बिबिध गतिबिधिहरुलाई समेटेर तयार पारिएको "समुदायसंग सम्प्रेषण" को पहिलो भाग यो हप्ता ह्वाईट हिमाल टेलिभिजनको आफ्नै आईपीटीभी बक्स (ह्वाईट हिमाल नेटवर्क) मा प्रसारण भईरहेको छl

अब सम्प्रेषण ह्वाईट हिमाल टेलिभिजनमा प्रत्येक आईतबार राती नौ बजे, सोमबार बिहान आठ तीस बजे, बिहिबार दिनको एघार बजे र शुक्रबार साँझ चार बजे ( अमेरिकी पूर्वीय समय) प्रसारण हुनेछl त्यस पछि ह्वाईट हिमाल टेलिभिजनको अर्काईभ, सम्प्रेषणको आफ्नै वेबसाईट सम्प्रेषणयुएसए डट कम र बिश्वका अन्य थुप्रै लोकप्रिय वेबसाईटहरुमा उपलब्ध हुनेछl

यो सेरिजको अर्को गन्तब्य पश्चिम तटीय सुन्दर सहर सान फ्रानसिस्को हुनेछl यदि तपाई र तपाईहरुको प्रतिनिधिमुलक सामुदायिक संगठन पनि सम्प्रेषणसंग सहकार्य र साझेदारी गरेर समुदाय, प्रवासी नेपाली जनजीवन र जनजिविकामा आधारित कार्यक्रमको आयोजना या निर्माण गर्न चाहनुहुन्छ भने आ-आफ्ना बिषयगत कार्ययोजना र कार्यक्रमको स्वरुप सहित हामीलाई sampreshan@whitehimal.tv मा सम्पर्क राख्नुहोलाl


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.