​कति लेख्ने अरुका बारेमा यसपालीको मेरो ब्लग आफ्नै र अफ्नैहरुका बारेमा

गोबिन्द गिरी प्रेरणाले डीसी मेट्रो क्षेत्रलाई समेट्ने गरेर बिश्व परिक्रमाको प्रारम्भ गरे भने हेमन्त श्रेष्ठको अगुवाईमा केहि काल बिश्व सन्देश पत्रिका पनि त्यहिबाट प्रकासित भयोl समयक्रममा न्यु योर्कबाटै गगन बिरही, चन्द्र प्रकाश शर्मा, बिश्व शाह, गुरु पराजुली, कशीस दास श्रेष्ठहरुले त्यस्तै दुस्साहस गरेl पत्रकारिताको अनुभब नभएका तर संचारको प्रभाब र शक्ति बुझेका जनक राना, मानध्वज मोक्तान, भिम कार्की र बद्रि खनालहरुले सन् १९९९ मा अमेरिका दर्पण नामक मासिक पत्रिकाको न्युयोर्क सहरबाटै शुभारम्भ गरे, जसमा संचारकर्मी प्रदीप थापामगरले सम्पादकको भूमिका निर्वाह गरे भने संक्रमणकालका दुई महिना मैले पनि उक्त मासिक पत्रिकामा अतिथि सम्पादकका हैसियतले केहि सिक्ने र तात्कालिक पातलो आवादी भएको नेपाली अमेरिकी समाज बुझ्ने अवसर पाएँ...

डीसी मेट्रो क्षेत्रलाई आधार बनाएर संचारकर्मी राम खरेलले सामुदायिक टेलिभिजन सगरमाथा टेलिभिजन सफलतापुर्वक संचालन गरिरहेका छन, त्यहि आवादीमा ब्यबसायिक ढांचाको टेलिभिजनको सम्भावना देखेर पुराना हस्ती रमा सिंहहरु लागि परेको छन भने शान खड्का लगानीकर्ता रहेको तथा संचारकर्मी किशोर पन्थीले कोरलेको ह्वाईट हिमाल टेलिभिजन न्युयोर्क सहरलाई आधार क्षेत्र बनाएर संचारकर्मी सुर्य थापा, सुरेश शाही, श्याम श्रेष्ठहरुको अगुवाईमा ब्यबसायिक सफलता तर्फ निरन्तर अगाडी बढी रहेको छl म पनि त्यहि सूचना र संचारको सम्प्रेषणीय यात्रामा एक जना स्वतन्त्र निर्माता र प्रस्तोताका हैसियतमा बिगत दुई बर्ष देखि ह्वाईट हिमाल टेलिभिजनमा निरन्तर साप्ताहिक कार्यक्रम सम्प्रेषणको निर्माण र प्रस्तुती गरिरहेको छु...

सामुदायिक रेडियोका अगुवा निमा पाख्रिन आफ्ना छायाँ र सिर्जना मातृभूमि नेपालसम्म निरन्तर प्रवाहित गरिरहेका छन भने छायाँछबी कला र कर्मका पारखी मोक्तान डिजिटलका शम्भु मोक्तान छायाँ छबीकै माध्यमबाट पूर्णकालिक सफल ब्यबसायी बनेकाछन्l फोटोहेर डट कमका आङ्ग कामी शेर्पा गार्जा र नेपालफोटो न्युज डट कमका अशोक पन्त, लाल तमाङ्ग र श्याम बूढामगरहरु यहि कर्ममा क्रियाशील छन...

संचारकर्मी प्रदीप थापामगरले युएसनेपाल अन लाईन डट कम मार्फत सामुदायिक पत्रकारिताकोको आरम्भ गरे, त्यहि धार र मेसोमा थपिन आईपुगे युवा संचारकर्मी प्रशान एलुंग राई प्रेसचौतारी डट कम र मासिक मेरो नेपाल लिएर त्यहि सदासयता र सारमा अर्का संचारकर्मी सहदेव पौडेलले अनलाईन रेडियो मार्फत सिर्जना र सूचनाको अद्वितीय समिश्रण नेपाली समुदायमा प्रवाहित गरिरहेका छनl पछिल्लो कालखण्डमा न्युयोर्क शहरलाई नै ब्यबसायिक कर्म क्षेत्र बनाएर पत्रकार विजय पौडेल, आङ्ग छिरिङ्ग शेर्पा, बिष्णु पौडेल र किशोर पन्थीले आ-आफ्नो छापा मार्फत ब्यबसायिक पत्रकारिताको आरम्भ मात्र गरेनन अत्यन्त छोटो समयमा लामो ब्यबसायिक फट्को समेत मारेl अब प्रदीप थापामगरहरुले सुरु गरेको "सबैलाई खुसी पार्ने" सामुदायिक पत्रकारिता किशोर पन्थीहरुसम्म आई पुग्दा "प्रमाण पाए कसैलाई बाँकी नराख्ने" शैलीको ब्यबसायिक र निडर पत्रकारिताको सार र शैलीमा रूपान्तरित भएको छl यी भिंड र सम्भावना बीच किशोर पन्थी र विजय पौडेलहरुको रिपोर्टिंग अरु पत्रिका भन्दा थप साहसिक भएर समुदायमा देखापरेको छ....

ब्लगको पुरा अंश पढ्नको लागि यो हप्ताको सम्प्रेषणयुएसए डट कम हेर्नुहोलाl


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.