सम्प्रेषण लोगो बन्दै

संचारकर्मी मित्र प्रदीप थापामगरले वेबसाईट www.sampreshanusa.com खोलेर पौडिन छाडी दिए, प्रारम्भिक केहि दिन त पौडी खेल्न नजान्नेलाई बिना लाईफ ज्याकेट स्विमिङ्ग पुलमा धकेली पो दिए कि जस्तो लागेको थियो, अब त बानी लाग्यो, सुस्तरी सुस्तरी पौडदै छु अनि तैरंदै छुl "लाईफ ज्याकेट" का रुपमा प्रदीपजी र एक्काईसौं शताब्दीको प्रबिधि बुझेका मित्रहरु चौबिसै घण्टा "स्ट्यान्ड बाई" छन अरु साथीहरुले पनि सदा झैं त्यत्तिकै सघाएका छन् ।

पिता पुर्खाले गाउँघरमा भनेको सुनेको थिएँ "मुख भए मुलुक हुन्छ" अनि "आफु भलो त जगतै भलोl" साथीसंगी धेरै कमाएको रहेछु, सम्प्रेषणलाई के गरौँ कसरी सहयोग गरौँ भन्ने शुभचिन्ताहरु बिहान देखि रात अबेरसम्म सुन्ने गरेको छु, सघाउन पनि पछि पर्दिन अनि सहयिग माग्न पनि अप्ठेरो मान्दिनl

हिजो तन्नेरी सर्जक भाईहरु सहदेव पौडेल, श्याम श्रेष्ठ र हरी लिमिछानेसंग गोल मेच (राउण्ड टेबल) छलफल भयो, उनीहरु सम्प्रेषणको लोगो डिजाईन गर्दै छन् ।

खोई के भनौं...कम औपचारिक छु तथापी अहिले यो क्षण भन्न चाहन्छु: भाईहरु धन्यबाद!


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.