"चरी" को चर्चा

"यो चरीको कहाँ छ र भर,

ए साँईला रात काट्छ डालीमा बसेर"

साहित्य र संगीतमा चरीलाई एउटा निरिह चराकोरुपमा बर्णन गरिएको पढ्न र सुन्न पाईन्छl तर अहिले चर्चामा रहेको "चरी" ले बाघ, भालु र सिंहले पनि तोड्न नसक्ने कैयन झ्यालखानाहरु तोडेर बाहिर निस्किएको बिगत छ, यसै मेसोमा हाम्रो नेपालको सन्दर्भमा भुल्न नहुने सत्य के हो भने यस्ता अरु थुप्रै "चरी" हरु ठुला राजनैतिक पार्टी र तिनका नेताहरुको छत्रछायाँमा उन्मुक्तरुपले "चिरचिर" गरेर हाम्रै समाजमा उन्मुक्त उची उडान गरिरहेका छन् ।

म निजिरुपमा कसैको निधन या मृत्युमा उत्सब मनाउदिन, तर सत्ता, पैसा अनि हतियारको उन्मादमा रमाएका सबै "चरी" हरुले बुझ्न जरुरी छ, ढिलो या चाँडो कानुनी राज्य नभएको मुलुकहरुमा उनीहरुको भागमा पर्ने सत्य "मृत्यु" नै होl जो जे भए पनि कसैलाई कुनै बहानामा मार्नु कानुनी राज्यको उपहास हो भने दण्डहिनता र कानुनी राज्य नभएको हाम्रो मुलुकको नियति पनि होl

कानुनी राज्य स्थापित भएको लोकतान्त्रिक मुलुकको प्राथमिकता "मार्नु" होईन "न्याय दिनु" हुनुपर्छl राज्य त्यस अर्थमा यसपाली पनि चुक्योl यसमा "चरी" मात्र होईन "चरी" हरुलाई चील, गिद्ध र बाज बनाउने हाम्रो नेताहरुको राजनैतिक संस्कार बढी जिम्मेवार छl अब राज्य, संचार र नागरिक समाजले बिचरा "चरी" हरु होईन "चरी" पाल्ने राजनैतिक अन्नदाताहरुको पहिचान गर्नु पर्दछl

#dinesh #adhikari #chari

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.