अब काठमाडौँमा बन्ने एनआरएनको भवन हाम्रो "मनहरु" को घर बन्नु पर्छ

अब काठमाडौँमा बन्ने एनआरएनको भवन हाम्रो "मनहरु" को घर बन्नु पर्छ

जब दशक अगाडी एनआरएनको जन्म भयो, यसको जन्म "धन" र "दान" को तुजुकबाट शुरु भयो, यिनीहरुले दिने बाहेक केहि कुरै गरेनन, करोड होइन यिनको मुखमा झुन्डिएको हुन्थ्यो अरब तर दसैं तिहार मनाउन ग्लोबल कन्फेरेन्सको नाममा गरिब नेपाल सरकारसंग पच्चीस लाख "भिख" मागेर पाँच तारे होटलमा मध्यपान सहितको खानपीन गर्थे अनि अन्तिम सेमिनारमा "हाईड्रो प्रोजेक्ट" को पासा फ्यालेर आफ्नो कर्म क्षेत्र फर्कन्थेl

Far left Mr. Shesh Ghale at Sampreshan Photo By: Bimal Nepal (bimalnepal.com)

अब शैली मात्र होईन नेतृत्व समेत परिवर्तन भएको छ, अनि पहिलो पटक लोकतान्त्रिक पद्धति अनुसार पहिलो निर्वाचित अध्यक्ष बनेका छन अर्का धनाढ्य तथा उद्यमशील व्यक्तित्व अस्ट्रेलियाका शेष घलेl उनि अहिले उत्तर अमेरिकीमा उक्त "मनहरु" को हाम्रो घर निर्माणको लागि रकम संकलन (फण्ड रेजिंग) गर्न आईपुगेका छन, मेरो अत्यन्त निजि बुझाईमा उनको चाहना र आव्हान आम सहभागिता र स्वामित्वका लागि छ तथापी केहि मानिसहरु अझै अमेरिकामा "धन" को तुजुक र उन्मादले घलेजीको भन्दा फरक सन्देश सम्प्रेषण गर्न लागिपरेका छनl अब हामीले घलेजीको सोंच र चाहनालाई सम्मान गर्दै यो भवनलाई हामी सबैको "मनहरु" को घर बनाउनु पर्छ ताकी हामी नेपाल गएको बखत आफ्नो दोश्रो घरकोरुपमा स्वामित्व ग्रहण गर्न सकौंl

दान दातब्य भनेको मानिसको गच्छे र इच्छा अनुसार लिने दिने गर्नु पर्दछ, पैसा सामाजिक विभेद र अहमको आधार बन्नु हुँदैन अब हामीले यो सचेतता बाँकि फण्ड रेजिंग इभेन्टहरुमा अपनाउनु पर्छl उदाहरणको लागि हामी बसेको न्युयोर्ककै कुरा गरौँ हामीलाई सार्वजनिकरुपमा जानकारी भए अनुसार आउँदो चौबिस तारिख शनिबार राती कतै होटलमा महँगो टिकट दरमा फण्ड रेजिंग कार्यक्रम हुँदैछl अब त्यहाँ महँगो टिकट शुल्क तिरेर जान नसक्ने या नपाउनेहरुले त्यो "मनहरु" को घर निर्माणको स्वामित्व कसरी लिने? एनआरएन अमेरिकाको प्रेषित सूचना अनुसार त्यहि शनिबार दिउँसो केन्द्रिय अध्यक्ष शेष घलेजीसंग बृहद सामुदायिक अन्तरक्रिया पनि हुँदैछ, त्यहि समय त्यहाँ उपस्थित आम प्रवासी नेपालीहरुसंग पनि स्वस्फुर्त मनहरुको सहयोग (कन्ट्रीब्युशन) को याचना या आव्हान गर्न सके निकट भबिश्यमै बन्ने "मनहरु" को घरमा आम मानिसको सहभागिता र स्वामित्व रहने थियोl

मनहरुबाट स्वस्फुर्तरुपमा प्राप्त हुने बीस-तीस डलर जबरजस्ती उठाईएको सय हजार भन्दा बलियो र अर्थपूर्ण हुन्छ, त्यहि आसयको विचार र आह्वान प्राय सबै सभा र समारोहहरुमा शेष घलेजीले व्यक्त गर्नुभएको छl यसपाली यति मात्र गर्न सके हाम्रो परिचयमा व्यापक मात्रामा सुधार आउने छ र कम से कम धनीहरुको संगठन भनेर जान्ने गरिएको एनआरएनहरुले आफ्नो देश जाँदा टाउको लुकाउने ठाँउ पाउनेछनl अहिले जस्तो अरुको कार्यालय भवनमा सुकुम्बासी (सुखम-बासी) बन्नु पर्ने छैनl

शेष घलेलीलाई न्युयोर्कमा स्वागत छ, जय एनआरएन!

#sheshghale #nrna #nrnnccusa #khagendragc #sampreshan #shaileshshrestha

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.