अमेरिकी युद्ध उन्मादी नेताहरु
आप्रवासी सुधार बिधेयक बील रिपब्लिकनहरुको बाहुल्य र बहुमत भएको कांग्रेस ( हाउस अफ रेप्रेजेन्टेजिभ) ले रोकेपछि एक्लै भएपनि "कार्यकारी अधिकार" प्रयोग गरेर समाधान गर्छु भनेर कस्सिएका हाम्रा राष्ट्रपती बराक ओबामाले अन्तिम समयमा आएर खुट्टा कमाए तर अहिले अरुको देशमा गोला बारुद हान्ने कुरामा चाँही कांग्रेसलाई बाईपास गरेरै भएपनि आई.एस.आई.सी. (इस्लामिक स्टेट फर ईराक एण्ड सिरिया) लाई लक्षित गरेर सिरियाली भूमिमा गोला बारुद हान्न अबको केहि मिनेट मै राष्ट्रको नाममा सम्बोधन गर्दै बिशेष आदेश दिदैछनl
कति ढोंगी छन अमेरिकी युद्ध उन्मादी नेताहरु, अध्यागमन मुद्धामा राष्ट्रपतिले बिशेष अधिकार प्रयोग गर्छु भन्दा आकासै खसे जस्तो गर्ने अतिवादी दक्षिणपन्थी रिपब्लिकनहरु अब युद्धमा जानको लागि चाही कांग्रेसको अनुमोदन आबश्यक नपर्ने तर्क गरिरहेका छनl
युद्ध भए हतियार बेच्न पाईयो, नेशनल राईफल एसोशियसनको डोनेसन र कृपामा बाँचेका र चुनाब जितेका ब्लु कलर डेमोक्रेट्स र दक्षिणपन्थी रिपब्लिकनको नियत बुझ्न त गाह्रो छैन तर ६१ प्रतिशत आम अमेरिकी जनता किन यो सम्भावित युद्धको पक्षमा छन बुझी नसक्नु भएको छl