मन्त्री लालबाबु पण्डित र पीआरवाला कर्मचारी

मूल प्रसंग र मुद्धालाई बंग्याएर विदेशमा ग्रिनकार्ड अथवा स्थायी बसोबास अनुमतिपत्र लिने नेपालीहरुलाई मन्त्री पण्डितले नारायणी नदीमा बगाउछु भन्यो भन्ने हल्ला मच्चाएर उनको बद्नाम गर्ने प्रयत्न गरिए पनि आखिरी मन्त्री पण्डितको राष्ट्रवादी अडानले दोहोरो लाभ लिने तथाकथित राष्ट्रसेवकहरुको सातोपुत्लो उड्योl अहिलेसम्ममा करिब बाह्र सय नेपाली कर्मचारीले बिभिन्न बिकसित मुलुकको ग्रिनकार्ड अथवा पीआर लिईसकेको प्रमाणित भएको छl

Minister Lalbabu Pandit. Photo courtesy: TitanHerald.com

तर दुर्भाग्य तदर्थबादमा चलेको हाम्रो नेपालमा उनीहरुलाई कारवाही गर्ने निश्चित मापदण्ड र प्राबधान छैन, त्यसैले मन्त्री पण्डितले निजामती कर्मचारी सेवा एन संशोधन बिधेयक संसदमा पेस गरे तर आज दुई महिना बिति सक्दा पनि त्यो बिधेयकलाई समिती या पुर्ण सदनमा ल्याउन बिशेष गरि नेपाली कांग्रेसका मन्त्रीहरु बाधक बनि रहेको समाचार बाहिर आएको छl त्यसरी बाधक बन्नेहरुमा रामशरण महत, नरहरि आचार्य, मिनेन्द्र रिजाल र नारायण खड्काहरु छनl

केहि सीप नचले पछि भर्खर मन्त्री पण्डितले सामान्य प्रचलनलाई मिचेर सम्मानित राष्ट्रपती रामबरण यादबलाई भेट गरेको समाचार सार्वजनिक भएको छl मन्त्री पण्डितको अडान जायज भएको र आफुले सक्ने समर्थन गर्ने कुरा राष्ट्रपतिले भन्नु भएको खबर पनि बाहिर आएको छl

सत्तारुढ गठबन्धनमा बहुमत र बिपक्षी दलका बहुसंख्यक सभासदहरु यो संशोधन बिधेयकको पक्षमा रहेको मन्त्री पण्डितले बताउने गरेका छनl नेपालको राष्ट्रिय स्वार्थमा बल पुग्ने यस्तो बिधेयकलाई रोकेर कांग्रेसका यि मन्त्रीहरु कसको "नुनको सोझों" या ताबेदारी गरिरहेका छन अब स्वाधीन नेपाली जनताले पक्कै हिसाब किताब राख्ने छनl जय नेपाल!

#lalbabupandit #pr #nepalgovernment #minister

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.