सुशीलदाको लोकप्रियता ह्यात्तै बढ्यो

केहि राजनेताहरु यस्ता हुन्छन उ आफ्नो देशमा अलोकप्रिय भएर पनि बाहिरी बिश्वमा उसको लोकप्रियता ह्यात्तै बढ्छl त्यस्ता भाग्यमानी राजनेतामा राष्ट्रपति बराक हुसेन ओबामा पछि हाम्रा तीन थान मोबाईल फोन मात्र भएका साधु-सन्त नेता तथा प्रधानमन्त्री सुशील कोइराला पर्दछनl

त्यो कुराको प्रामाणिक पुष्टि अघिल्लो महिना उपचारको सिलसिलामा उहाँ न्युयोर्क रहँदा उहाँलाई भेट्न र फोटो सेसन गर्न लाग्ने गरेको कार्यकर्ताहरुको बिशाल भिंडले गरिसकेको छl बिचरा सुशीलदाले "म बिरामी छु डाक्टरले आराम गर्ने सल्लाह दिएका छन" भन्दा पनि धर पाएनन, बिरामीलाई खिसिक्क हाँस्न लगाएर "क्लिक्क क्लिक्क" पारे अनि फेसबुक भरि छताछुल्ल!

खोई बुढाले नयाँ संबिधान बनाउने छाँटकाँट पनि गरेनन अब त त्यो एक डेढ महिना अघिको लोकप्रियतामा अलि कमी आयोकि भन्ने लागेको थियो तर के आँउथ्यो कमी झन् उकालो लागेछ सुशीलदाको लोकप्रियताl अर्को हप्ता संयुक्त राष्ट्र संघको साधारण सभामा भाग लिन न्युयोर्क आउने थाहा पाएपछि यहाँका संघ-संगठनहरु उहाँको सम्मान र सत्कारमा कार्यक्रम गर्न तँछाड मछाड मात्र होईन नेपाली पारामा तँ तँ र म म गरेको खबर भर्खर न्युयोर्कबाट प्रकाशित हुने एउटा साप्ताहिक पत्रिकाले सार्वजनिक गरेको छl

कति भाग्यमानी हो यो सुशीलदा! केहि नगर्दा त यस्तो लोकप्रिय (?) एउटा संबिधानको खोस्टो मात्र बनाईदिएको भए त सोझा सादा नेपाली र अझ प्रवासी नेपालीहरुले यिनको पुर्णकदको शालिक नै ठड्याउने रहेछ न्युयोर्कमा! तस्विर सौजन्य: काठमाडौँ पोष्ट

#sushil #koirala

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.