न्युयोर्कमा प्रधानमन्त्रीको फोटो काण्ड
"बिशेष नागरिकता" पाउनेहरुले फेरी दु:ख दिएछन सुशीलदालाई अघिल्लो हप्ता आफ्नै वेबसाईटमा "सुशीलदाको लोकप्रियता ह्वात्तै बढ्यो" शिर्षकमा एउटा ब्लग लेखेको थिएँl मलाई थाहा थियो यिनका कार्यकर्ताहरुले थप घेराबन्दी गर्ने छन्, अघिल्लो चोटी त्यस्तो बिरामी हुँदा त नछाड्नेहरुले सन्चो र सकुसल पार्टी अध्यक्षलाई के छाड्थे? त्यति बेला पनि थेरैले भेट्न र फोटो सेसन गर्न नपाएको र नदिईएको चर्चा खुब फैलिएको थियो जय किसन हाईट्समाl
उता मातृभूमीबाट हामीलाई "बिशेष" दर्जाको नागरिकता दिने सुखद खबर सम्प्रेषण भईरहेको यो क्षण बिशेष मध्यका पनि यी बिशेषहरुले हाम्रो बेइज्जत नै गरेl बिचरा सुधो, सादा तथा सोझा हाम्रा सम्माननीय प्रधानमन्त्री ज्युलाई यी गुटबन्दीका खेलाडीहरुले अतिनै गरेl उता सुजाता चिच्याई रहेकी छिन "म छाड्दिन कसैलाई भनेर" यताका हरुको रवैया यस्तो छ, आखिर आफ्नैहरुले सिध्याउने भए उनको बचे खुचेका इज्जत र इमान!
सामाजिक मर्यादा र आचरणको ख्याल नगरी हामी सबैका सम्माननीय प्रधानमन्त्री ज्युको त्यस्तो तस्विर सार्वजनिक गरिनु सम्पूर्ण नेपाली जातीको अपमान होl