दशैंको याम: निर्देशकहरुको घेराबन्दीमा "म"

नेपालमा टिक्न दिएनन र आ-मरिखा आएर लुकेको यतानी छाडेनन फिलिममा निर्देशकहरुले! एउटा "सेल्फी सट" नयाँ "बेष्ट बड्डी" तन्नेरी चलचित्र निर्देशक हिमग्याप लामा (म उनलाई ठट्टामा भिमग्याप पनि भन्छु, किनकी उनले चलचित्र भीमदत्त बनाएका छन) र दुई दशक अगाडी अभिनय सिक्दाको दु:खको साथी अर्का स्थापित नेपाली चलचित्र निर्देशक माई "ओल्ड बड्डी" रबि राज अर्यालसंगl उनको पछिल्लो चलचित्र "डा. खाते" आउँदो आईतबर प्रदर्शन हुँदैछl

त्यति मात्र हो र अर्का हाम्रा "फेब्रेट ब..." (ऊप्स आदरणीय दाईलाई झन्डै बड्डी भनेको, न्युयोर्कको ब्रोंक्समा बसेर सबैलाई "हे बड्डी" भन्ने बानी पो लागेछ) सम्माननीय अग्रज चलचित्र निर्देशक दाई तुलसी घिमिरे पनि पर्सि न्युयोर्क आउंदै हुनुहुन्छ, हामी उहाँसंग बसेर आउँदो शनिवार मलिंगो रेस्टुरेन्टमा उहाँको पछिल्लो चलचित्र "दृष्टिकोण" हेर्नेछौं र अर्को दिन आईतबार "तुलसी घिमिरेसंग एक साँझ" शिर्षकमा उहाँसंग सामुदायिक भलाकुसारी गर्ने छौंl


Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.