सुशीलले बीपीको खुट्टा समातेर भने – 'सान्दाजु! तपाईँ किन आएको अहिलेको नेपालमा?'
सुशीलले बीपीको खुट्टा समातेर भने – 'सान्दाजु! तपाईँ किन आएको अहिलेको नेपालमा? मलाई त विपत्ति नै आयो। म तपाईलाई स्वतन्त्र छाड्न सक्तिन। मैले तपार्इँलाई सिंहदरवार पटांगिनीमा देख्दैमा चिनिसकेको थिए। तर सार्वजनिक ठाउँमा सबैका अगाडि जीउँदो बीपीलाई चिन्ने साहस ममा अब रहेन। कुनै कांग्रेसलाई बाँचेको बीपी आवश्यक छैन। मरेको बीपीको हामीले जयजयकार गरिरहेकै छौँ। तर बाँचेका बीपीलाई हामी थुन्न बाध्य छौँ। हामीले तपाईको फोटो झुन्डाएकै छ। घरमा र कार्यालयमा तपाईका तस्बिर सजाइएका छन्। विचारयात्रा चलाएकै छौँ तपाईका नाममा। तपाईँ आइदिँदा हाम्रो सबै 'सिस्टम' बिग्रने भयो। तपार्इँ नेपाल नबस्नुस् सान्दाजु स्वर्ग फर्कनुहोस्!'
'हामीले तपाईँका नाममा व्यवसाय चलाएका छौँl पार्टी अनि देशभित्र बढो कुशलतापूर्वक भागबन्डाको राष्ट्रिय सञ्जाल निर्माण गरेका छौँ। अब तपाईँलाई देखेपछि जनताले सत्यको, लोकतन्त्रको, स्वतन्त्रताको, किसान र नेपाली जनताको पक्षमा आवाज उठाउन थाल्छन्। त्यसले गर्दा हाम्रो सञ्जाल बिग्रन्छ, हाम्रो व्यवस्था खलबलिन्छ। सान्दाजु! कृपा गर्नुस्, हामी तपार्इँको पूजा गर्नसक्छौ, फोटोमा धूप नैवेद्य चढाउन सक्छौँ। तर हाम्रो व्यवसाय चलाउनका लागि जिउँदो सान्दाजु हामीलाई चाहिँदैन, देशलाई पनि चाहिएको छैन। यसैमा सबै कांग्रेसजनको पनि भलाइ छ।
(आजको नागरिक न्युजमा प्रकाशित पुरञ्जन आचार्यको समय सान्दर्भिक लेख)
बीपी कोइराला काठमाडौंमा !
http://nagariknews.com/opinion/story/25585.html