भांड संगठन र तिनका सामन्ती हर्ताकर्ताहरुको गोठालोहरुबारे
हिजो आज एक थरी मानिसहरु मेरो फेसबुक स्टाटस र ब्लगको प्रतिक्षामा बस्दा रहेछनl बिशेष गरि एनआरएन अमेरिकालाई ठिक ठाँउमा ल्याउनकोलागि अलि चर्को र खरो प्रहार गर्न थालेदेखि उनीहरुलाई त्यस्तो बानी लागेछl तर उनीहरुको स्वार्थ र रुचि समाधान र प्रगतिका लागि होइन सिर्फ क्षेणिक अतिरन्जनाकालागि रहेछनl
एनआरएन अमेरिका र अरु केहि भांड संगठन र तिनका सामन्ती हर्ताकर्ताहरुको गोठालो जस्तो गरेर लु यसो गरेछन र उसो गरेछन भनेर पोल हाल्छन तर परजीवी पराधीन यी निरिह प्राणीहरु स्वामीको इतरमा चुईक्क बोल्दैननl अस्ति एक दुई वटा झटारो हानेर तरकारी किन्न ज्याक्सन हाईट्स निस्किएको थिएँ एक हुल धुपौरेहरुसंग जम्काभेट भयो, उनीहरुले "चनाको झाड" मा चढाउन सुरु गरिहाले "बाफरे बाफ क्या खतरा लेख्नु भएछ, के गर्नु त्यस्तो भन्नु र लेख्नु त के हामीलाई त "लाईक" गर्नसम्म नी गाह्रो हुन्छl" मनमनै भने म खतरा होइन सिर्फ निडर सत्य लेख्ने प्रयाससम्म गरिरहेको छुl यी पानीमरुवा, पानीआन्द्रे, निरिह परजीवी अनि पराधीन पात्रको नियति उनीहरुको अनुहारमा छताछुल्ल मैले देखे, के भुन्नु अमेरिका भन्ने देशमा बस्ने यी मनुवाहरुलाई! कति पराधीन, लाचार, पराश्रित र परजीवी छन सत्य बोल्ने आँट र साहस यिनीहरुमा छैनl आफ्नो स्वाभिमान र चेतनालाई बन्धक राखेर स्वामी या माउ पार्टीको भाका र बोली बोल्छनl
एनआरएन अमेरिकामा अहिले केहि भडुवा अवतारीहरुको जन्म भएको छ, उनीहरु कुहेको हाँगा काट्ने साहस गर्दैनन तर हामीले हुर्काएको एनआरएन अमेरिकारुपी रुखको जरा उखेल्ने षडयन्त्र गर्छन अब तिनको पनि उपचार गर्ने बेला आएको छl वर्तमान कार्यसमितीलाई पार्टी बिशेषको फतवा जारी गरेर पार्टीको भर्तिकेन्द्र बनाउने खेलाडी र उनीहरुको आज्ञा सिरोपर गर्नेहरुले अब दिन गन्ती सुरु गरे हुन्छl त्यसकोलागि अब निर्वाचन प्रमुखले नयाँ सदस्यता बढाउन प्राथमिकता नदिने यो कार्यसमितीलाई दवाब दिन जरुरी छl
अब मे महिनाको १५ तारिखमा निर्वाचन गर्नको लागि नयाँ सदस्यहरु सहितको अन्तिम नामावली उहाँले करिब दुई महिना अघि पाई सक्नु पर्ने हुन्छl होईन भने अब आउने निर्वाचनमा पनि यसपालीकै जस्ता समस्याहरुको पुनरावृत्ति हुन्छl
कतिलाई लाग्छ होला हामी संचारकर्मीहरु खाली गाली या बिरोध गर्न मात्र गर्छौं तर हामीले सकेसम्म अनुगमन र निगरानी पनि गरिरहेका छौंl मैले न्युयोर्कका बहुमत संचारकर्मीहरुको तर्फबाट वर्तमान कार्यसमितिका जिम्मेवार पदाधिकारीहरुलाई भनिसकेको छु, अस्ति शेष घलेजी आउँदा शुभारम्भ गरिएको भनिएको एनआरएन अमेरिकाको कार्यालय निश्चित कार्यतालिका सहित खोल्नुस हामी पनि हप्ताको एक दिन आएर कार्यालयमा बसेर नयाँ सदस्य बनाउन सहयोग गर्छौंl
नागरिकता निरन्तरताको बिषय सकारात्मकरुपले अघि बढिरहेको अवस्थामा केहि पदाधिकारीहरु पक्कै पनि एनआरएन दिवसको लागि नेपाल जानुहुन्छ होला त्यो नितान्त जरुरी पनि छ तर त्यहि भेटघाट, सेमिनार र भोजभतेरको बहानामा राष्ट्रिय समन्वय परिषद अमेरिकाको सम्पूर्ण काम ठप्प पर्न चाँही जरुरी छैनl अध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल जानुहुन्छ भने प्रथम उपाध्यक्षलाई कार्यवाहक बनाएर अधिकार प्रत्यायोजन गर्नुस त्यसो भए सबै तिर काम भईरहन्छl
अब हाम्रो एउटै प्राथमिकता हुनु पर्छ, सदस्यता, सदस्यता अनि सदस्यता!