निरिह राज्य संयन्त्र र मैमत्ता अभियुक्त

न्यायिक प्रणाली सवाल भएका लोकतान्त्रिक मुलुकहरुमा व्यक्ति माथि कुनै पनि न्यायिक या कार्यकारी संस्थाहरुको आरोप या निगरानी आरम्भ हुना साथ छानविन या अनुसन्धान सरल र सहज होस् भनेर आरोपीले आफ्नो पद त्याग गरि सहजता प्रदान गर्दछ या संस्थापनले उसलाई पदिय जिम्मेवारीबाट मुक्त गर्दछ तर हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आरोपी या अभियुक्तले राज्य संयन्त्र या संबैधानिक निकायलाई ठाडो चनौती मात्र दिदैन परोक्ष धम्किसम्म दिने गर्दछl

उन्मुक्तिको जुक्ति: आफ्ना दाई कमल थापाको कृपाबाट सभासद मनोनित भएका गणेश थापा सपथ लिंदै

करिब दुई दशक आफ्नो बाउको बिर्ता जस्तै गरेर एन्फामा एक छत्र रजाँई गरेका अध्यक्ष गणेश थापाले अहिले त्यहि हर्कत देखाएका छन, उनले सार्वजनिक लेखा समिति र युवा तथा खेलकुद मन्त्रालयको ताकेता र परिपत्रलाई लगौठी लगाउंदै यदि आफुलाई कारवाही गरेमा फिफाले नेपाली फुटबल खेललाई असहयोग गर्दै एन्फालाई निलम्बन गर्न सक्ने बताएर आफु बच्ने बहाना गर्न थालका छनl गणेश थापा माथि अहिले सार्वजनिक लेखा समितिले ५८ करोड भन्दा ज्यादा भ्रष्टाचार गरेको तथ्य फेला परेको छ र समितिले जिम्मेवार पदाधिकारीहरुको पद्स्थगन गरि आवश्यक कारवाही चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पति सुद्धिकरण बिभागलाई निर्देशन दिएको छl

तर सर्वशक्तिमान खेल माफिया गणेश थापालाई बचाउन थुप्रै शक्ति केन्द्रहरु पैसाको बलमा लागिपरेको छ, कारवाहीको सम्भावित परिदृश्य देखिना साथ राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का अध्यक्ष कमल थापाले "भाईप्रेम" को पहिलो सेफ गार्ड उनलाई उपलब्ध गराए उक्त पार्टीको मनोनित सभासद बनाएरl नेपालको अन्तरिम संबिधानले विशिष्ट बिषयगत ज्ञाताहरुका लागि भनेर छुट्याएको २६ जनाको कोटाबाट यिनलाई सभासदमा मनोनित गराए, त्यसको एउटा मात्र ध्यय थियो भ्रष्टाचारका आरोपी आफ्ना भाईलाई सम्पूर्ण कानुनी उन्मुक्ति दिनुl

अहिले उनि लगायत आरोपी अन्य पदाधिकारीहरु आफुहरु निर्दोस भएको आरान्यरोदन सहित धम्कि अनि खेलाडी, खेलकुद सम्बन्धि संस्था र पत्रकारहरुलाई हुण्डी पनि बाड्दै हिडेको समाचार बाहिर आएको छल पछिल्लो समय गणेश थापाको अहंकारयुक्त चनौतीहरु मत्थर र मलिन हुन थालेको छl भर्खर एन्फाका दुई जना उपाध्यक्षहरुले फिफालाई आरोपीहरु माथि छानविन होस् भनि अर्को उजुरी दर्ता गराएका छनl अब यो पछिल्लो घटना क्रमले नयाँ मोड लिनेछ र फिफा आरोपीहरु माथि छानविन गर्न बाध्य हुने छl

आफुलाई कारवाही गरे फिफाले एन्फालाई निलम्बन गर्छ र नेपाली फुटबल खेलको भविष्य खतम हुन्छ अनि फिफा र एएफसी (एसियाली फुटबल महासंघ) को मान्यता प्राप्त बिधानबाट चलेको एन्फालाई कारवाही, नियन्त्रण या निगरानी गर्ने अधिकार नेपाल सरकारलाई नभएको जिकिर गरेर गणेश थापाले निरन्तर दण्डहिनताको पक्षमा वकालत गरिरहेका छनl

जनताको शक्तिलाई नजर अन्दाज गर्ने ठुला राजाहरु र जनतालाई सर्वसत्ताबाद लाद्ने छोटा राजाहरु एक पछि अर्को गर्दै सकिएको हामीले यहि कालखण्डमा देख्यौं अब सत्ता र पैसाको भरमा भाई राजा बन्ने दुस्वप्न बोक्नेहरु कानुनको नजरबाट लामो समयसम्म बच्ने छैनन्l आफ्ना भ्रष्ट आचरण छोप्न र टाल्न पार्टी र सत्ताको दुरुपयोग गरेर खुम बहादुर खड्का, चिरन्जीवी वाग्ले र जे.पी. गुप्ताहरुले पनि आफ्ना मुद्दाहरु केहि काल लम्याए तर उम्कन सकेननl नेपाली खेलकुदको विकासका लागि आएका करोडौं रकम आफ्नो हात पारेर केहि आफ्ना आसेपासे खेलाडी हनुमान अनि मदिरा र केहि छाकमा बिक्ने बिबेकहिन निकम्बा पत्रकारहरुलाई केहि लाख बाडेर गणेश थापा जस्ता खेल माफिया अरु केहि महिना उम्कन सक्लान तर कानुनको सुक्ष्म निगरानी र उपचारबाट लामो कालका निम्ति भने बच्न सक्दैननl

अबको चेतनायुक्त युगमा कुनै पनि बहानामा यस्ता पात्र या शाषक लामो कालसम्म टिक्न सक्दैनन् न अब यिनलाई दाईको दया या दलले नै बचाउन सक्छन न त् कुनै पशुपतिनाथलेl जल माफिया, मेडिकल माफिया, खेल माफिया आदिको परोक्ष प्रभाबबाट आक्रान्त हाम्रो राज्य संयन्त्रले यिनी र यिनीहरु जस्ताबाट मुक्ति पाउनु नै पर्छ र हामीले अबको यो समुन्नत र उर्बर कालखण्डमा भ्रष्टाचारको पूर्ण उन्मुलन र दण्डहिनताको अन्त्यका लागि शुन्य सहनशीलताको सरकारी नीति र सामाजिक आचारसंहिता कडाईका साथ परिपालना गर्नु पर्दछl

#fifa #anfa #ganeshthapa #shaileshshrestha #nepalifootball #sampreshan

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.