निर्वाचन र संचारकर्म

नेपाली जन सम्पर्क समिती अमेरिकाको निर्वाचनमा बिजयी भएका र विजयको नजिक पुगेका सबै प्रत्यासी आकांक्षीहरुलाई हार्दिक बधाई भन्न चाहन्छु!

नेपाली जन सम्पर्क समिती अमेरिकाका नवनिर्वाचित पदाधिकारीहरु तस्विर: शैलेश पोखरेल

अहिले अमेरिकाका अधिकांश सक्रिय संचारकर्मीहरु अधिबेशन स्थलमा पुगेका छनl स्थलगत रिपोर्टिंगको अहम भूमिका निर्वाह गर्न डल्लास टेक्सास पुगेका सम्पूर्ण संचारकर्मी सहपाठी मित्रहरुलाई हार्दिक धन्यवाद पनि भन्न चाहन्छुl हामी बिच पेशागत सहधर्मिता मौलाई रहेको यो सुखद क्षणमा केहि राजनैतिक खेलाडी बढी र संचारकर्मी कमको भूमिकाले कहिले कहीं हामी संसयको घेरामा पर्छौं तथापी हामी न्युनतम पेशागत मर्यादा राख्दै संचारकर्म सिक्ने पहिलो चरणमा छौंl

आफ्नो मन भरि गुट र फुटको बिजारोपण गरेर अरुलाई र अरुहरुको संगठन, निर्वाचन र उम्मेदवारलाई "ट्याग" लगाई दिने नियतका साथ कसैलाई जिताउन र कसैलाई हराउन निर्वाचन स्थल पुगेका संचारकर्मीहरुले पनि यो बखत केहि सिकेर फर्कने छन भन्ने मेरो निजि अपेक्षा छl म अहिले न्युयोर्क बसेर उनीहरुको पनि रिपोर्टिंग पर्खि रहेको छुl अधिकांश संचारकर्मीहरु अहिले स्वस्फुर्त समाचार सम्प्रेषण गरिरहेका छन भने केहि मित्रहरु आफ्नो रुचि अनुसारको नतिजा नआएकोले आम मानिसलाई सुसुचित गराउनु पर्ने दायित्व भुलेर चुपचाप बसिरहेका छनl

अब एउटा अहम अनि यक्ष प्रश्न हामी संचारकर्मी सामु पहाड भएर उभिन्छ, हाम्रो पेशागत धर्म आफ्नो मन परेको समुह या व्यक्तिको पक्षपोषण गर्नु होकी आम मानिस र पाठकका लागि निर्बाध सूचना प्रेषित र सम्प्रेषित गर्नु? हामी यहीं नेर चुक्छौँ तर यो सचेत समय र युगका शिक्षित पाठक र दर्शकले हाम्रो शुक्ष्म निगरानी गरिरहेका हुन्छनl यसपाली पनि हामी कोहि चुकेको र कहिले सिकेको अवस्था छl

सधै सबै ठुला संगठनहरुमा पूर्वी तटीय क्षेत्र र बिशेष गरि न्युयोर्कको हालीमुहाली रहने गरेको आरोप लाग्ने गर्दछ कमसेकम पश्चिम तटीय क्षेत्रका केहि उम्मेदवारहरुको बिजयले त्यो आरोप अब न्युयोर्कले खप्नु पर्ने सम्भावना टरेको छ भने जनजातीबाट पनि धारिलो प्रहार आउने सम्भावना एक हदसम्म टरेको छl निर्वाचनको पछिल्लो परिणाम अनुसार महासचिब, उप-सभापति र कोषाध्यक्ष सहित करिब २७ प्रतिशत जनजाती निर्वाचित भएका छनl महिलाहरुको सहभागिता नितान्त कम देखिन्छ भने मधेसी र दलितको उपस्थिति अझ कम छl

हामी नेपालीको "जीन" मा त्यस्तो के तत्व छ कुन्नि सिधा उभिनै नजान्ने, कतै न कतै लाग्नै पर्ने, ढल्किनै पर्ने? बिगतको राजनैतिक संलग्नता जे रहेको र भएको भए पनि निर्वाचित भए पछि र भएका दिन देखि दलगत राजनीतिमा प्रत्यक्ष संलग्नता र सरोकार नराख्ने "कसम" खाएका एनआरएन अमेरिकाका जिम्मेवार पदाधिकारीहरुको उपस्थिति र क्रियाशीलता अशोभनीय रह्योl कति पय एनआरएन अमेरिकाका जिम्मेवार पदाधिकारीहरुले कुनै उम्मेदवार बिशेषको पक्षमा वक्तब्य र लेख प्रेषित गरेको समेत सामाजिक संजालमा लिपिबध्द भएको छl

मेरो बिशेष बधाई दुई जना "कांग्रेस बढी" अनि "संचारकर्मी कम" पत्रकारहरुलाई जसले यो निर्वाचनमा विजय हासिल गरेका छन, जय होस् अब तपाईका वेबसाईटहरु नेपाली जन सम्पर्क समिती अमेरिकाको मुखपत्रमा औपचारिकरुपमा परिणत हुनेछनl अनि यो कार्यकाल सकिए पछि यि संचारकर्मी (?) मित्रहरु आँखा नचाउन र लगाउन थाल्ने छन कि नेपाल अमेरिकी पत्रकार संघमा या एनआरएन अमेरिकामा त्यो पनि कांग्रेसको आधिकारिक बिल्ला लगाएर!

यसपाली पनि सबैलाई जय नेपाल!

#njssusa #sampreshan #anandbist #election #shaileshshrestha #munendranembang #nepaliblog #dallasconvention

Recent Posts

Upcoming Video

© 2014 by Sampreshan USA. All Rights are reserved.