नोस्टाल्जियामा चलचित्रका आयाम र रंगहरु अनि "रंग बैजनी"
हामी मानिस जाति "जीवन" लाई आफ्नै स्वाद, शैली, स्वार्थ र चाहना अनुसार परिभाषित गर्छौंl के हो जीवन? कवि मन्जुलले परिभाषित गरेको यो लाईन मलाई असाध्य मन पर्छ "जीवन भन्नु के हो र बाच्दा गरिने काम न हो"!
जीवन गतिशील र बहुआयमिक हुन्छ, त्यसैले भन्ने गरिन्छ, जीवन सप्तरंगी इन्द्रेणी होl जे जसो गरि परिभाषित गरिए पनि जीवन कर्महरुको अनवरत शृंखला हो अनि कर्मबीरहरुको रण मैदान होl सप्तरंगी भनिने इन्द्रेणीमा सामान्यतया सात वटा रंगको मात्र "पहिचान" हुन्छ तर हामी त्यहि भित्र सहअस्तित्व स्थापित गरेरे रहेको अन्य मिश्रित रंगहरुको अस्तित्व र पहिचान चाँही बिर्सन्छौंl

चलचित्र निर्देशक शम्भु प्रधान आफ्ना कलाकारहरुका साथ
यो लामो भूमिका पछि आज अहिले म यो क्षण मेरो मनपर्ने "रंग" "बैजनी" लाई बढी सम्झिरहेको छु अनि आजबाट नेपाल भरि सार्वजनिक प्रदर्शन हुने "रंग बैजनी" का सर्जक लामो समय देखि सुस्ताएर बसेका तर सम्पूर्ण नेपाली चलचित्रप्रेमीहरुको "सम्झना" मा सधै "नुतन" भएर बस्न सफल मेरा श्रध्यय दाई शम्भु प्रधानलाई!
शम्भु दाई ठिक "बाह्र" बर्ष पछि चलचित्र निर्देशनमा फर्किएछनl पुरातानिक संस्कार र मान्यताहरुको भारीले थिचिएको हाम्रो नेपाल देशमा यो "बाह्र" अंकलाई थुप्रै किसिमले ब्याख्या अपब्याख्या गरिने गर्दछ, रुचि र स्वार्थ अनुसार अर्थ्याउने पनि गरिन्छ तर कर्मबीरहरु सिर्फ आफ्नो सत प्रतिशत सिर्जनशील कर्मको लगानी गर्छन, यो पातालबाट सोच्दा यो बखत मलाई लागि रहेको छ शम्भु दाई त्यहि मात्र गरिरहेका छनl

चलचित्र निर्देशक तुलसी घिमिरे र रबि राज अर्याल निर्माणाधीन चलचित्र चुम्बकक निर्माताद्वय शम्भु मोक्तान र लिला राईका साथl तस्विर: लिला राईको फेसबुकबाट
अभिनयकर्ममा मेरो दु:खको साथी अभिनेता अर्जुन श्रेष्ठसंग बेला बखत शम्भु दाईको पारिलो बस्ति बालुवारटार पुगेर नेपाली चलचित्र अभिनय, निर्माण र विकासका आकासे कुराहरु गरेको नोस्टाल्जिक क्षणको म अहिले रसस्स्वादन गरिरहेको छु अनि यो क्षण यति टाढाबाट गर्न मिल्ने र सकिने एउटा काम गरिरहेको छु, चलचित्र "रंग बैजनी" को सम्पूर्ण सफलताको शुभकामना!
अभिनय क्षेत्रको लामो बिश्राम पछि यी बर्षहरु सक्रियरुपमा कामनै नगरे पनि म आफु चलचित्र या अभिनय कर्ममा फर्किएको अनुभब र अनुभुती गरिरहेको छु, हाईवेका निर्देशक दीपक रौनियार भाईको निरन्तर सामिप्यता, अमेरिकामै स्थायी बसोबास गरेर नेपाली चलचित्र निर्माणमा तल्लिन पछिल्ला चलचित्र "ठुली" का निर्देशक भाई एभरेस्ट सुर्य बोहरासंगको निकटता, भीमदत्तका निर्देशक हिमग्याप टाशी लामासंगको नविन तर गहिरो मित्रवत संगतले मलाई निरन्तर उत्प्रेरणा र पुनर्जन्म दिएको अनुभूत गरेको छुl

न्युयोर्कमा एउटा संयोग: चलचित्र निर्देशक दीपक रौनियार र प्रिना राज जोशीका साथ तस्विर: श्याम श्रेष्ठ
दुई दशक अघि नाट्यकर्म गर्दाको साथी तथा डा. खातेका निर्देशन जसले न्युयोर्कबाट निर्माण हुने चलचत्र "चुम्बक" को पनि निर्देशन गर्दैछन, का निर्देशन रबि राज अर्यालसंगको पछिल्लो भेट, "दि उन्ड्स अफ वार" का निर्देशक तन्नेरी पुस्ताका प्रतिभाशाली निर्देशक भाई प्रिना राज जोशीसंग भएको पछिल्लो भाईचारा सम्बन्ध, हामीले अभिनय गरेको पछिल्लो चलचित्र "बलिदान" का निर्देशक आदरणीय तुलसी घिमिरेदाईसंगको पछिल्लो भेटघाट, महजात्राको यात्रामा अमेरिका आउनु भएको बखत मेरा आदरणीय दाईहरु मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी. संगै उठबस गर्न पाईएको पछिल्लो अवसर र थुप्रै बिषयगत अन्तरक्रियाहरुले आफु कहीं कतै यहि क्षेत्रमा अग्रज र सहकर्मीहरुसंगै रहेको गरुङ्गो आत्म अभिमान र अनुभुती भई रहेको छl

महको माया न्युयोर्क महजात्राको अवसरमा तस्विर: रबि लामिछाने
यो क्षण चाँही आदरणीय शम्भु प्रधान दाई अनि उनको "नुतन" सिर्जना "रंग बैजनी" लाई मन भरिबाट सम्झीरहेको छु, सप्तरंगी इन्द्रेणीको सबभन्दा सफा, कन्चन र सफेद देख्न सकिने "रंग" "बैजनी" जस्तै बनोस तपाईको नेपाली चलचित्र क्षत्रमा भएको पुनरागमन मेरो यहि शुभकामना!
#sampreshanusacom #shambhupradhan #shaileshshrestha #nepaliblog #fepalifilmindustry #rangbaijani #tulsighimirey #deepakrauniyar #madankrishnashrestha #haribanshaacharya #rabirajaryal #himgyaptashilama #prinarajjoshi